आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानमा रहेका दोलखाबासीहरुको संस्था दोलखा समाज जापानको आइतवार टोकियोमा भएको प्रथम अधिवेशनले नवराज थापाको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सर्बसम्मत नवगठित कार्यसमितिको उपाध्यक्ष त्रयमा मर्मलाल तामाङ, गीरबहादुर तामाङ र कुलबिन्द्र फुयाँल चयन हुनुभएको छ । यसैगरी सचिवमा लोकराज चौलागार्इँ र सहसचिवमा बालकुमारी फुयाँल चयन हुनुभएको छ भने कोषाध्यक्षमा रोशन थापा र सहकोषाध्यक्षमा सञ्जिव पोखरेल चुनिनुभएको छ ।

यसैगरी सदस्यहरुमा खुमबहादुर श्रेष्ठ, रोजिव बस्नेत, महेश खड्का, महेन्द्रबहादुर रावत, गणेश रिजाल चिन्तन, जानुका खतिवडा, शैलेन्द्र खड्का, सुशिला तामाङ, सुरेश थापा मगर, निलकण्ठ चौलागार्इँ, नवराज केसी, रेशम थामी, सरोज रावत, कुमार चौलागाईँ, बालकृष्ण तिमल्सिना, सुरेशराज थापा, आङपेम्बा शेर्पा, सुशिल पोखरेल, चन्द्र बुढाथोकी, सुरज खड्का, प्रदिप केसी, राजेन्द्र बस्नेत, मोहनलाल श्रेष्ठ, नवराज सुबेदी, ओमकार न्यौपाने र घनश्याम भुसाल चयन हुनुभएको छ । यसैगरी सल्लाहकारहरुमा रघुदीप खड्का, बिदुर खड्का र नवराज श्रेष्ठ चयन हुनुभएको छ ।
तदर्थ समितिका अध्यक्ष नवराज थापाको सभापतित्वमा भएको प्रथम अधिवेशनको उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल र हाल जापानमा रहेका दोलखाली गायक अमृत खातीको शुभकामना मन्तब्य रहेको थियो ।
तदर्थ समितिका सचिव लोकराज चौलागार्इँको स्वागत मन्तब्य रहेको उदघाटन समारोहमा जानुका खतिवडाको सञ्चालन रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष थापालाई समारोहका अतिथिहरुद्वारा सामुहिकरुपमा सपथ ग्रहण गराईएको थियो भने अन्यलाई नवनिर्वाचित अध्यक्ष थापाले सपथ ग्रहण गराउनुभएको थियो । समारोहमा गायक खातीलाई सम्मान पनि गरिएको थियो । गायक खातीले आफ्ना साँगीतिक प्रस्तुतीहरुमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको अधिवेशन समारोहमा गत वर्षको बैशाखमा गएको महाभूकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण पनि गरिएको थियो ।***

तपाईको प्रतिक्रिया