आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानमा रहेका नेपाली युवाहरूको संस्था ‘युथ फर युथ’ जापानको तेश्रो सम्मेलन यही डिसेम्बर २५ तारिख टोकियोमा हुने भएको छ ।
नयाँ वर्ष २०१७ को शुभकामना आदान प्रदान कार्यक्रम सहित जापानमा रहेका चर्चित कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति सहित सो कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष बाबुराम पौडेलले समुद्रपारिलाई बताउनुभयो ।

कार्यक्रमा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, लोक दोहोरी गायक तथा मोडल विनोद भण्डारी, नवउदियमा गायक चेतन घर्तीमगर, हाँस्य कलाकार नकुल गौतम लगायतको बेजोड प्रस्तुति रहने जनाईएको छ।

डिसेम्बर २५ का दिन १२ बजे देखि शिनओकुबो स्थित बाराकाँडेको सभा हलमा हुने सो कार्यक्रममा उपस्थित भईदिन आयोजक संस्थाले जापानबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई अपील गरेको छ। *****

तपाईको प्रतिक्रिया