आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने सम्मेलनको क्रममा जापान आउनुभएको छ । जापानी प्रधानमन्त्री सिन्जो आवेको निमन्त्रणामा पुटिन जि–७ राष्ट्रको सम्मेलनमा भाग लिन पहिलो पटक जापान आउनुभएको हो । 

राष्ट्रपति पुटिन रोसिया एयरलाइन्स विमानबाट स्थानीय समयानुसार ४ः५० पश्चिमी जापानको यमागुसी उबे विमानस्थलमा आइपुग्नुभएको हो । विमानस्थलमा जापानी अधिकारीसँगको भेटपछि पुटिन जापानी प्रधानमन्त्री आवेको गृहनगर नागाटो शहरतर्फ जानुभयो ।

दुई दिनसम्म जारी रहने वार्ताको क्रममा लामो समयदेखि जापान र रसियाबीच जारी क्षेत्रीय विवादका बारे केही प्रगति हुने आशा जापानी प्रधानमन्त्री आवेले गर्नुभएको छ । यस सम्मेलनको जापान लगायत सात राष्ट्रहरु सदस्य छन् ।

सम्मेलन शुक्रबारबाट जापानको राजधानी टोकियोमा सुरु हुँदै छ ।

तपाईको प्रतिक्रिया