आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानमा गत ११ तारिखमा मृत्यु भएकी स्वर्गीय मथुरादेवी भण्डारीको अाज दाह संस्कार गरिने भएको छ । कामको सिलसिलामा जापानको टोकियो बस्दै आउनुभएकी चितवनकी भण्डारीको अाज (शुक्रवार) अन्तिम संस्कार गरिने चितवन समाज जापानले जनाएको छ ।

मृतक भण्डारीको टोकियोको ईताबाशी कुस्थित फुनादोमा दाह संस्कार गरिने मृतकका आफन्त दिपेन्द्र पौडेललाई उदृत गर्दै समाजका महासचिव छबिलाल सापकोटाले जानकारी दिनुभयो । पौडेलले दाह संस्कारको लागि सहभागी हुन चाहनुहुने व्यक्ति, समाज, संघ–संस्था लगायत सम्पूर्णमा अपरान्ह १ बजे उपस्थित हुन आग्रह गर्नुभएको पनि महासचिव सापकोटाले बताउनुभयो ।

विगत ३ वर्षअघिदेखि जापान बस्दै आउनुभएकी भण्डारी फोक्सो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । गत आइतबार नेपाल जाने क्रममा प्लेन डिले भएपछि घर फर्कंदा बिच बाटोमा रोगले च्याप्दै गएपछि उनलाइ अस्पताल लगिएकोमा अस्पतालमा नै मृत्यु भएको थियो । ***

तपाईको प्रतिक्रिया