आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो-विद्यार्थी भिषामा जापान आएका नेपाली विद्यार्थीहरूलाई कम्पनीमा काम गर्ने वर्किंग भिसा लगाउँछु भन्दै अबैधानिक रुपमा पैसा असुल्ने एक ब्यक्तिलाई जापान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईभेन्ट कम्पनीका प्रमुख आचुउआ एरिक ज्युउमोआ नाम गरेका ३५ बर्षिय घानाका नागरिक हुन् । उनले विद्यार्थी  भिषामा रहेका एक नेपाली विद्यार्थीलाई अाफ्नै कम्पनीमा काम गर्ने भिषा लगाइदिने नाममा अबैधानिक रुपमा शुल्क लिएको आसाही टेलिभिजनले जनाएको छ । उनले करीव २ बर्ष पहिलेदेखि नेपाली विद्यार्थीहरुलाई लक्षित गरी यस्तो गतिबिधी गर्दै आएको प्रहरीले जनाएको छ । वर्किंग भिषामा परिवर्तन गर्ने बाहनामा उनले प्रतिब्यक्ति करीव ५ लाख येन (५० मान) अशुल्ने गरेको र अहिलेसम्म करीव १ करोड येन भन्दा बढि उठाईसकेको समाचारमा जनाईएको छ । प्रहरीको सोधपुछको क्रममा उनले नेपालीहरु राम्रो काम गर्ने भएकोले यसो गरेको स्विकार गरेका छन ।

पछिल्लो समयमा नेपाली विद्यार्थीहरु कन्भिनियन्स स्टोर तथा रेष्टुरेन्टमा वर्किंग भिषा निकालेर काम गर्ने क्रम बढिरहेको छ । यस्ता घट्नाहरुबाट सिक्दै जसले पायो त्यसले वर्किंग भिषा बनाइदिन्छु भन्दैमा पछि नलाग्न पनि जानकारहरु बताउँछन ।***

भिडियो स्रोतः एएनएन

 

 

तपाईको प्रतिक्रिया