आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो-एभरेष्ट इन्टरनेशनल स्कुल जापानको कक्षा ६ मा अध्ययनरत छात्र रिशब चन्द्र अाचार्य जापानको प्रसिद्ध अालु चिप्स कम्पनी (काल्बी) ले अायोजना गरेको छैठाैं स्न्याक्स फुड कन्टेस्ट प्रतियोगितामा पुरस्कृत भएका छन् ।

‘फ्युचर स्न्याक्स मेकिङ पिपुल स्माईल’ नामक प्रतिस्पर्धामा १३५६ सहभागीहरूमध्ये अाचार्य उत्कृष्ट १३ मा पर्न सफल भएका हुन् ।  जापानको अालु चिप्स लगायत खाद्य पदार्थ उत्पादन गर्ने कम्पनी काल्बीले जापानका विभिन्न स्कुलमा पढ्ने विद्यार्थीहरूलाइ स्न्याक्स डिजाइन प्रतिस्पर्धामा सहभागी गराएको थियो । रिशबले फ्लाइङ्ग चिप्सको अवधारणा अनुसार डिजाइन बनाएका थिए । उनको डिजाइन अनुसार चिप्सको बट्टामा एउटा बटन बनाइएको छ । उक्त बटन दवाउँदा बट्टामा रहेको चिप्सहरू उडेर बाहिर निस्कन्छ । उनको यही अवधारणा प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएको हो ।

सहभागीहरू मध्येबाट उत्कृष्ट ठहरिएका डिजाइनहरूबाट कम्पनीले भविष्यमा अाफ्नो नयाँ उत्पादन गर्ने गरेको छ । उत्कृष्ट विद्यार्थीहरूलाइ कम्पनीले एक कार्यक्रमका बीच प्रमाण पत्र तथा पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा पुरस्कार ग्रहणको लागि रिसव स्कुलका प्रिन्सिपल प्रदिप थापा सहित बुवा कमलचन्द्र अाचार्य र अामा कल्पना अाचार्यका साथ उपस्थित भएका थिए ।***

तपाईको प्रतिक्रिया