Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – चीनले त्रिदेशीय साझेदारीले क्षेत्रीय स्थिरता र विकासमा सहयोग पुग्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा छुनयिङले नेपाल र भारतबीचको साझेदारीमा चीन खुला रहेको बताउनुभएको हो ।

‘नेपाल र भारत चीनका मैत्रीपूर्ण छिमेकी देश हुन् । हामी विश्वास गर्छौँ यी तीन देशबीचको द्विपक्षीय सम्बन्धका अन्तक्रियाले सामाजिक र आर्थिक विकास मात्र होइन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान दिनेछ,’ हुवाले पत्रकार सम्मेलनमा भन्नुभयो,‘चीन त्रिदेशीय सहकार्यमार्फत कसरी तीनै देशलाई समान विकासको फाइदा पुग्न सक्छ भनेर सम्भावना खोज्न चाहन्छ ।’

ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको अनौपचारिक भेटमा त्रिदेशीय साझेदारीको विषय उठाउनुभएको थियो । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले त्रिपक्षीय सहकार्यबारे छलफल भएको विषयमा पनि प्रवक्ता हुवासंग जिज्ञासा राख्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया