Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्षका लागि कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको छ ।

पनिकाले परीक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । परीक्षाका लागि आवेदन फारम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिष्ट्रेसन फारम भरिसकेको छ ।

तपाईको प्रतिक्रिया