Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – सरकारले सहरको सौन्दर्य बिगार्ने विद्युतका तार र पोललाई क्रमशः भूमिगत गर्ने तयारी गरेको छ । सहरको सौन्दर्य घटेको, दुर्घटनाको जोखिम बढेको तथा हावाहुरीका कारण पोल ढल्दा त्यसले समस्या खडा गरेको भन्दै विद्युतका पोललाई विस्थापन गरी भूमिगत संरचना निर्माण गर्न लागेको उर्जा मन्त्रालयले जनाएको छ । wire1-900x450

मन्त्रालयले पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पोललाई विस्थापन गर्ने तयारी गरेको छ । मन्त्रालयले भूमिगत रुपमा प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । उर्जाको निर्देशन लगत्तै प्राधिकरणले काठमाडौं उपत्यकालगायत अन्य प्रमुख सहरमा भूमिगत लाइनबाट विद्युत वितरणको तयारी गरेको छ ।

प्रसारण लाइन भूमिगत बनाउन एसियाली विकास बैंकले करिब रु ३२ अर्ब बढी ऋण सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

तपाईको प्रतिक्रिया