Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा गतवर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताउनुभएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राख्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद व्यक्त गर्नुभयो । ‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । 1476550278210_ka_goa_161015__mg_2664

प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो,’ भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भन्नुभयो । विशेषतः मधेसवादी दलहरूले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । दाहाल र चिनियाँ राष्ट्रपतिबीचको भेटमा नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ ।

चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले भने यो अवधारणालाई रुचाएको छैन । भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया