Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सल्यान जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरेको छ ।

झुला–६ का १९ वर्षीय डिभाइड भन्ने खिमबहादुर देवकोटा र रुकुम गोतामकोट–९ घर भई मुसिकोट नगरपालिका–१ पातुखोलामा होटेल व्यवसाय गर्दै आएका ३४ वर्षीय जुनबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेकाले सबै कुरा खुलिनसकेको रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुबाट मेसिनसहित एक थान एक हजार रुपैयाँको नक्कली नोट प्रहरीले बरामद गरेको छ । पक्राउ परेका बोहराका अन्दाजी १५ वर्षीय छोराले छापेर राखिएको बोराबाट एक हजार रुपैयाँ निकालेर स्याउ किन्न जाँदा पसलेले शंका लागेर प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया