Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खबर गर्दा पनि पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन ।

संविधान कार्यान्वयन, स्थानीय तहको पुनसंरचना, संविधान संशोधन लगायतका मुद्धामा छलफल गर्न प्रधानमन्त्री दाहालले तीन दलको पनि ओलीले अस्वीकार गर्दे आउनुभएको छ । राजधानी काठमाडौंमा रहेर पनि ओलीले तीन दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्षहरु वामदेब गौतम र भिम रावललाई पठाउने गर्नुभएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

दुई महिनाको अवधिमा प्रधानमन्त्री दाहालले पटक पटक तीन दलको बैठकमा बोलाए पनि ओली सहभागि हुनुभएको छैन् । तीन दलको बैठकमा अध्यक्ष ओलीको खोजी हुने गरेपनि एमालेका नेताहरुले अध्यक्षलाई सन्चो नभएको कारण आउन नसक्ने जबाफ दिँदै आएको दाहालको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया