Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने हुनुभएको छ । सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा पछाडि हट्नुभएको हो । Sherbahadur-Deuba_1 copy

स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उहाँ पछि हट्नुभएको हो । महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न नसकेको समाचार आजको राजधानी दैनिकमा छ । पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले देउवा पाटीएभित्र दिनदिनै आलोच्य बन्दै हुनुहुन्छ ।

सभापति देउवाले दशैंअघि महामन्त्री, सह–महामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गर्नुभएको थियो । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् ।

तपाईको प्रतिक्रिया