Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०/७१ देखि ०७२/७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ ।

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गर्नुभएको थियो । त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउँदै आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कुन आर्थिक वर्षमा कति खर्च ?
पछिल्लो तिन वर्षमा संसद सचिवालयले खाना खाजामा मात्रै कुल १० करोड ७८ लाख १९ हजवार ९ सय ३५ रुपैया ३१ पैसा खर्च गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा १ करोड ५ लाख, ०७१/०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२/०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा सचिवालयले खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया