Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ ।

समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामामात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद् सचिवालयले जानकारी दिएको छ । समितिहरू, संसदीय दल र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँमात्रै खर्च भएको छ ।

सभामुख ओनसरी घर्ती मगरले गत भदौदेखि लागू हुनेगरी संसदका समितिहरू, संसदीय दल तथा संसद् सचिवालयमा व्यापक रूपमा खर्च कटौती गर्न निर्देशन दिनुभएको थियो । सभामुखको निर्देशनमा अहिले समितिका बैठकमा कालोचिया वा कालो कफीका लागि मात्र सचिवालयबाट खर्च गर्ने गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

संसदमा भएका कृयाकलापहरुमा सचिवालयबाट चिया, खाजा र खाना खुवाउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया