Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिवारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् ।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् । यात्रुको चापअनुसार दसैंमा बसको संख्या थप्न निजी क्षेत्रले राखेको माग सरकारले पुरा नगरी आफैं बस संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दुरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको अत्यधिक चाप हुने आगामी बिहीबार, शुक्रबार र शनिवार दैनिक ३ सय ३० गाडी थपेर संचालन गर्न लागेको उल्लेख गरेको छ । बस थप्दा लाग्ने अतिरिक्त संचालन खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।

तपाईको प्रतिक्रिया