Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले कोठामा बसेर पार्टी सञ्चालन गरेको आरोप लगाउनुभएको छ ।

पटक–पटक बैठक राख्न आग्रह गरे पनि सभापति देउवाले नडाकेको नेता पौडेलको भनाइ छ । ‘संविधान संशोधन, स्थानीय तहदेखि थुप्रै समस्या समाधानका लागि बैठक डाकौँ र छलफल गरी धारणा बनाउन निरन्तर माग गर्दै आएका छौँ,’ नेता पौडेलले भन्नुभयो, ‘हामीले खोजेको विधि, प्रक्रिया, पद्धति र समझदारी हो, त्योअनुसार जानुपर्छ भन्ने हो । तर, सभापतिले बैठक डाक्न आनाकानी गरी कोठाबाटै पार्टी चलाउनुभएको छ ।’

दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समितिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको भनाइ रहेको छ ।

मन्त्री छान्दा पनि केन्द्रीय समितिले छलफल गरी संसदीय बोर्डले टुंगो लगाउनुपर्ने भए पनि त्यो हुन नसकेको आरोप उहाँले लगाउनुभयो ।

तपाईको प्रतिक्रिया