Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण प्रसाई परस्त्री काण्डमा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको आजको राजधानी दैनिकमा खबर छ । प्रहरी नायव महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानविन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्याल रहनुभएको छ ।

छानविन टोलीले विवादमा तानिएका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई, उहाँलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया