Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – केन्द्रीय बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।

जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यसै गरी, तोक आदेश लिएर नयाँ नोट साँट्न आउनेलाई पनि छुट्टै काउन्टर राखिएको आजको नागरिक दैनिकमा खबर छ । सर्वसाधरणका लागि ६ वटा काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताउनुभयो ।

विभागले लाइन कसेका सर्वसाधरणलाई कुपन वितरण गर्ने र त्यसै कुपनको आधारमा नयाँ नोट वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया