Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – प्रेस सेन्टर नेपालले महाधिवेशन सकिएको एक दिनपछि पद बाँडफाट गरेको छ । पदाधिकारीमा विवाद बढेपछि शुक्रबार महाधिवेशनको अन्तिम दिन महेश्वर दाहालको नेतृत्वमा ९९ सय सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्ष दाहाल भनिएपनि अन्य पदाधिकारीको पद खुलाइएको थिएन ।

press-centre-nepal

बुधबार मओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको दाहल नेतृत्वको पहिलो बैठकले गोविन्द आचार्यलाई बरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ । आचार्य यसअघि क्रान्तिकारी पत्रकार संघको अध्यक्ष एबम् प्रेस सेन्टर नेपालको संयोजक हुनुहुन्थ्यो ।

यसैगरी ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देबराज पाठकले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । महासचिवको जिम्मेवारी बिष्णु सापकोटा ‘जुगल’लाई दिइएको छ ।

शर्मा, मैनाली, रोका, थापा, र सापकोटाले अध्यक्षमा दावी गर्दै आउनुभएको थियो । उहाँहरुबीच सहमति नजुटेपछि पार्टीले हस्तक्षेप गरेर संस्थापक अध्यक्ष महेश्वर दाहालाई अध्यक्ष चयन गरिदिएको थियो ।

बैठकले १६ जनालाई सचिव चयन गरेको छ । ओपेन्द्र शर्मा, लक्ष्मी पुन, उपेश महर्जन, मनोज घर्तिमगर, गोमा घिमिरे, रुबी श्रेष्ठ, प्रभा बोगटी सचिव बन्नुभएको छ ।

यसैगरी आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, बिबेक गौतम, पहल साउद, मणि बिक, मनुरुवा श्रेष्ठर राजेश चाम्लिङले पनि सचिवको जिम्मेवारी पाएका छन् ।
कोषध्यक्षको जिम्मेवारी सुरेशचन्द्र अधिकारीलाई दिइएको छ । प्रेस सन्टरको सचिवालयमा आठ वटै प्रदशेका अध्यक्षसमेत छन् । संगठनमा भुगोेलका आधारमा ७ र प्रतिष्ठानलाई एक मानेर ८ प्रदेशको संरचना बनाइएको छ ।

तपाईको प्रतिक्रिया