Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

carकाठमाण्डाै-पोखराका एक विद्यार्थी समूहले सोलारबाट चल्ने कार निर्माण गरेका छन् । लामाचाैरस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलो कार निर्माण गरेर शुक्रबार प्रदर्शन गरेका हुन् । क्याम्पसको मेकानिकल विभाग चाैथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले उर्जा संकट निवारण र वातावरण प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले करीव ३ लाखको लागतमा उक्त कार निर्माण गरेको बताए ।

उनीहरूले चारवटा व्याट्री, १ सय ५० एम्पिएरको सोलार प्यानल र १ वाटको डिसी मोटरबाट कारको निर्माण गरेका हुन् । चालक सहित ४ जनाको सीट क्षमता रहेको उक्त कार निर्माण गर्न साढे एक वर्ष लागेको समूहका सागर अधिकारीले बताए ।

विजुली तथा घामबाट चार्ज गर्न सकिने उक्त कार एकपटक चार्ज भएपछि ६ घण्टासम्म चल्ने र प्रतिघण्टा ३० किलोमिटर गति क्षमता रहेको छ । ५ सय किलोको ताैल रहेको कार पुराना सवारी साधनका पार्टपूर्जाबाट निर्माण गरिएको छ । समूहमा प्रयास रिजाल, दिपेश कार्की, खगेन्द्र कार्की, राजन खनाल, सौगात कोइराला, सागर अधिकारी, कृष्ण तिमिल्सिना र सुमित ढकाल रहेका छन् ।

सरकारले सहयोग गरे ४ लाख रूपैयाँमै आधुनिक सोलार कार बनाएर बजारमा ल्याउन सक्ने उनीहरूको दाबी छ।***

तपाईको प्रतिक्रिया