Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

कञ्चनपुर – कञ्चनपुरको झलारी पिपलाडी-४ असैनाका २२ वर्षकी जीविका रानाको शङ्कास्पद रुपमा ज्यान गएको छ । शुक्रबार राति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमती जीविकालाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भन्नुभयो, ‘टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।’मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताउनुभयो । ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भन्नुभयो, ‘घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’

झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्‍याउने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ जादैँछ ।

तपाईको प्रतिक्रिया