Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

mohanटोकियो–किक बक्सिङ खेलको माध्यमबाट जापानमा नेपाललाई चिनाउँदै आएका नेपाली मुक्केबाज मोहन महर्जन ‘ड्रागन’ ले हिजो भएको खेलमा प्रतिस्पर्धीलाई खेल शुरु भएको ४० सेकेण्डमा नै नक आउट गराए ।
सुईदोवासीस्थित टोकियो डोममा भएको ‘क्रुस किक बक्सिङ’ प्रतियोगितामा जापनी खेलाडी साईतो ताकिहिकोलाई ४० सेकेण्डमा नै हराउन सफल भएका हुन ।

६७ किलो तौल समूहमा भएको खेलमा होक्काईदोका खेलाडी साईतोलाई सहजै हराएपछि पत्रकारहरूसँग बोल्दै ड्रागनले यो जितमा सम्पूर्ण नेपालीहरुले आफूप्रति देखाएको माया नै शक्तिमा परिणत भई जित हात पार्न सफल भएको बताए ।
अघिल्लो महिना भएको पत्रकार सम्मेलनमा उनले खेल जीवनकै सर्वाधिक महत्वपूर्ण खेल भएको र आफूलाई हौसला दिन उपस्थित भईदिन जापानबासी नेपालीहरुमा अनुरोध गरेका थिए । ***

तपाईको प्रतिक्रिया