Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

सिन्धुपाल्चोक – अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिना छन् ।

अविरल वर्षाले शनिवार बिहान ३ बजेतिर घर माथिबाट आएको पहिरोले पुरेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । पहिरोले पुरिएका अरू दुई जनाको भने स्थानीयले उद्धार गरेका थिए । पहिरोले पुरिएका मध्ये रामकुमारको शव फेला परेको छ अरू दुई जनाको पहिरोबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया