Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – ६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उहाँका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ ।

madhav-ghimire-antyosti

एक सातासम्मको खोजीपछि पनि नभेटिएपछि परिवारले उहाँको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुुरु गरेका छन् । सो दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्यकुमारीको शवसँगै छोराहरुको पनि दाहसंकार गरिएको हो । चैतन्यकुमारीको शवमा नाती तथा घिमिरेका छोराले दागबत्ती दिएका हुन् ।

पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिएको अन्तिम संस्कारमा गृहमन्त्री बिमलेन्द्र निधी, मुख्यसचिव सोमलाल सुवेदी लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
गत आइतबार मुक्तिनाथमा बुबाको श्राद्ध गरी फर्कने क्रममा घिमिरे चढेको गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका तीन जनाको शव भेटिएको थियो भने पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना अझै हराइरहेका छन् ।

तपाईको प्रतिक्रिया