Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं  – नेपालका केही परराष्ट्रविदले भारतबिनाको सार्कको अस्तित्व नहुने बताएका छन् । उनीहरुले पाकिस्तानमा हुन भनिएको सार्क सम्मेलन र सार्क सदस्य राष्ट्रहरुबारे बोल्दै भारतबिना त्यसको चौतित्य नहुने बताए ।

????????????????????????????????????

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा डा. अधिकारीले नेपाल अन्तर्राष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताउनुभएको हो । ‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं ।’ यद्धपी उहाँले भारत–पाकिस्तानबिचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पार्नुभयो ।

अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै सम्मेलन होस् भन्ने चाहेको स्पष्ट पार्नुभयो । सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उहाँको भनाई थियो । भारतबिना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पार्नुभयो ।

यस्तै अर्थविद डा. विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतबिनाको सार्कको कुनै अस्तित्व नै नहुने बताउनुभयो । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गर्नुभयो ।   ‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानबाहेकका राष्ट्र छन् ।’ डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा इनइफेक्टिभ भएको बताउनुभयो । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।

पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गर्नुभयो । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताउनुभयो । उहाँले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ती निकाल्नुपर्ने धारणा राख्नुभयो । ‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ’ उहाँले भन्नुभयो ।

भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टाईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो । पूर्वराजदूत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताउनुभयो । उहाँले भारत–पाकिस्ताबिच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया