सिन्धुली – निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताबापतको रु ५० हजार लिन आउँदा एक भूकम्पपीडितको ज्यान गएको छ ।
घरदेखि आवास निर्माणको पहिलो किस्ता लिन आउँदा जिनाखु गाविस–३ का ६५ वर्षीय पृथ्वीबहादुर सुनुवारको बाटामा लडेर मृत्यु भएको हो ।
कमलामाई नगरपालिका–७ विष्णुधारा गैरेस्थित सिन्धुलीबाट चकमके जाने सडकखण्डमा सुनुवारको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनुभयो ।