Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलका पूर्वराष्ट्रपति एवम् पूर्वप्रधानमन्त्री शिमोन पेरेजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले आज एक शोक विज्ञप्ति जारी गर्दै ९३ वर्षीय पेरेजको निधनबाट अत्यन्त दुःख लागेको जनाउनुभएको हो । सभापति देउवाले आधुनिक इजरायलका अभियन्ता एवम् इजरायली जनताका आस्था र निष्ठाका केन्द्र पेरेजले समग्र मध्यपूर्वमा स्थायी शान्ति, आपसी सहयोग र सद्भाव कायम गर्न पु¥याउनु भएको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

काँग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग अत्यन्त सुमधुर सम्बन्ध रहेका पेरेज नेपालका पनि एक असल मित्र भएको काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया