Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

birami

काठमाडौं – धादिङ जिल्लाको मार्पाक गाविसमा भएको बस दुर्घटनामा परि सिकिस्त घाइते भएकाहरुलाई शिक्षण अस्पतालले डिस्चार्ज लेटर दिएको भन्दै पीडितहरुले आक्रोश पोखेका छन् ।
मंगलबार दुर्घटनामा परि सिकिस्त घाइते भएका सात जनालाई हेलिकोप्टर मार्फत शिक्षण अस्पताल ल्याइएको थियो । उपचार भएर निको नहुँदा नै अस्पतालले डिस्चार्ज लेटर दियो । घाइते मरनेन तामाङकी छोरी शिला तामाङ भन्नुहुन्छ – ‘बुबाको अवस्था अझै सामान्य बनेको छैन, तर डाक्टरले हिजै डिस्चार्ज लेटर बुझ्नु भन्नु भयो ।’ उहाँले सात घाइते मध्ये तीन जनाको हिजो नै डिस्चार्ज पेपर बनाइदिएको बताउनु भयो । ‘तर, हामीले बिरोध गरेर डिस्चार्ज पेपर लिएनौं ।’ अहिले पनि डाक्टरहरु ठीक भइसक्यो भन्दै डिस्चार्ज गर्न दबाब दिइरहेको चार जना आफन्त गुमाउनु भएकी तामाङको भनाइ छ । ‘बुबा उठ्न सक्नु हुन्न, कोल्टो फेर्दा आइयाआइया भन्नुहुन्छ, टाउको र आँखामा चोट छ । तर, डाक्टरले सबै ठीक भयो भन्छ ।’ पीडित तामाङ भन्नुहुन्छ – ‘शिक्षण अस्पतालले किन यसो भनिरहेको छ हामीले बुझ्न सकेका छैनौं ।’ उहाँले उपचारका लागि लागेको सबै खर्च आफै व्यहोर्छौं भन्दा पनि अस्पतालले डिस्चार्ज गर्न दबाब दिएको गुनासो गर्नुभयो ।
मंगलबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया