Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धधर्म धर्म मात्र नभई सम्पूर्ण मानवको आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति भएको बताउनुभएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा भइरहेको विश्व बौद्ध भ्रातृत्व संघको २८ औँ विश्व बौद्ध सम्मेलनको सफलताको कामना गर्दै पठाउनुभएको सन्देशमा उहाँले विश्व शान्ति, बान्धुत्व र अहिंसाका प्रवर्तक बुद्ध लुम्बिनीमा जन्मनुभएको सन्दर्भ र यसपटकको सम्मेलनको विषय ‘दैनिक जीवनमा बुद्धधर्म र बौद्धहरुको जीवनपद्धति’ राखिएबाट आफू अत्यन्त प्रभावित भएको बताउनुभएको छ ।

विगतमा नेपालमा चौथों र १५ औँ बौद्ध सम्मेलन भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर, बौद्धहरुका साथै शान्ति र स्थिरतामा आस्थाबान् सम्पूर्ण मानिसका लागि एक तीर्थस्थलको रुपमा विकास गर्न नेपालले सक्दो प्रयास गर्दै आएको बताउनुभएको छ । साथै, उहाँले दक्षिण कोरियाली सरकारबाट यी सम्मेलनहरु आयोजना भइरहेका बेला कोरियाली राष्ट्रपति र कोरियाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।

सियोलमा असोज १० देखि १४ सम्म विश्व बौद्ध भ्रातृत्व सङ्घको सम्मेलनका साथसाथै विश्व युवा बौद्ध सङ्घ र विश्व बौद्ध विश्वविद्यालय परिषद्का बैठकहरु एकसाथ भइरहेका छन् ।

तपाईको प्रतिक्रिया