Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई आज हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गर्नुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मान पत्र रहेको छ । 1475136350853_hb_pkr_121128_pkr-1

संस्थापक प्रधानले आफू र आफ्नी स्व श्रीमतीको नाममा पुरस्कार सञ्चालन गर्न रु १५ लाख राशिको एक अक्षयकोष स्थापना गरिदिनुभएको छ र प्रत्येक दुई/दुई वर्षमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने संस्था वा व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ । जोशी उक्त पुरस्कारबाट पुरस्कृत हुने पहिलो स्रष्टा हुनुहुन्छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पोखरा नगरीमा अवस्थित विन्ध्यवासिनी मन्दिर हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनेको बताउनुभयो । राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई यस पुरस्कारबाट सम्मानित गर्न पाउँदा पुरस्कार र संस्थाको गरिमा बढेको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया