Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयकलाई सरकारले फिर्ता लिने भएको हो ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले संसद्मा विचाराधीन उक्त विधेयक फिर्ता लिने निर्णय गरेको बताएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) को नाम परिवर्तन गरी लोकतान्त्रिक आन्दोलनका सम्मानित नेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णय समेत गरेको छ। अब नाम्सको नाम ‘मनमोहन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान’ राखिनेछ । यस्तै, टिचिङ अस्पतालका डा. गोविन्द केसीले राखेका प्रमुख माग मध्येको पहिलो माग पुरा भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले विधेयक फिर्ता लिने प्रस्ताव राख्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीले केसीका माग र उनीसित यसअघि भएका सहमति कार्यान्वयनका बारेमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री डीआर पौडेलसहितसँग छलफल गरेका गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेमोरियल अस्पताल को अपरेटिभ अन्तर्गत सञ्चालित थियो ।

तपाईको प्रतिक्रिया