Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

durghatana

काठमाडौं – धादिङ जिल्लाको मार्पाकमा भएको सडक दुर्घटनामा परि मृत्यु हुनेहरुको नाम खुल्न थालेको छ । भर्खरै मात्र स्थानीय चालक जीवन राना मगरले दिएको जानकारी अनुसार दार्खा गाविसका रामचन्द्र सापकोटाको शव पहिचान भएको छ । उनी पर्यटन व्यवसायमा आबद्ध रहेको बुझिएको छ ।
चालक राना मगरको भनाइ अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको छ । जसमध्ये १४ जनाको केही समय अघि शव निकालियो भने दुई जनाको भर्खरै निकालिएको र केही शव गाडिले चेपिएको अवस्थामा रहेको छ । उनीहरु मध्ये गाडि मुनि मृत अवस्थामा दुई वटा शव देखिएको छ । शव निकाल्न भने सकिएको छैन । घटनास्थलमै रहनु भएका जीवनका अनुसार सिकिस्त रहेका ५ घाइतेलाई हलिकोप्टर मार्फत उपचारका लागि लगिएको र पाँच घाइते खोलाको बगरमा रहेको बताइएको छ । जसमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
बसका साहु ईश्वर सुवेदीको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै गुम्दीकी टेकमाया घले पनि घाइते भएको खबर प्राप्त भएको छ । उहाँको अवस्था सामान्य छ ।
आज विहान जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३० यात्रुले टिकट काटेका थिए भने अन्य यात्रु बाटोबाट चढेको बताइएको छ । बसमा ४० यात्रु रहेको अनुमान गरिएको छ । बस लपाङ खोलास्थित जिरोकिलो भन्ने ठाउँबाट करीब ३ सय मिटर तल आँखुखोलामा खसेको थियो । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया