Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतले निकालेको संयुक्त विज्ञप्ति प्रति आपत्ति जनाउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आज व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै भारत भ्रमणले अनावश्यक भूमिका आमन्त्रण गरेको बताउनुभयो । ‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, ओलीले भन्नुभयो, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’ kp oli

प्रधानमन्त्रीको भारत भ्रमण क्रममा जारी भएको नेपाल—भारत संयुक्त विज्ञप्तिले भारतलाई अनावश्यक रूपमा आमन्त्रण गरेको भन्दै ओलीले उक्त विज्ञप्तिप्रति आपत्ति जनाउनुभएको हो । ‘संयुक्त विज्ञप्तिको बुँदा नं. ११ र १३ तथा संविधान संशोधनसम्बन्धी उल्लेख भएको बुँदामा एमालेको असहमति रहेको भन्दै एमालेले त्यसको विरोध गर्ने पनि बताउनुभयो ।

ओलीले प्रधानमन्त्री भ्रमणबारे विभिन्न ब्यग्य पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया