Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

विराटनगर – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान संशोसनको विषयमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियताप्रति संवेदनशील हुनुपर्ने र यतिखेर संविधान कार्यान्वयनतर्फ बढी ध्यानकेन्द्रित गर्नुपर्ने सम्बन्धमा जोड दिनुभयो ।

उहाँले संविधान संशोधन गर्दा पुनः अस्थिरता आउनसक्ने भएकाले यस विषयमा नेतृत्व पक्षले गम्भीर भएर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली काँग्रेसले बिर्संदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसमा पछिल्लोपटक देखिएको गुट र उपगुटको राजनीतिले काँंग्रेसको भविष्य नै सङ्कटमा पर्न सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्व सचेत र सजग हुनुपर्ने नेत्री कोइरालाको धारणा थियो ।

तपाईको प्रतिक्रिया