Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – असंलग्न आन्दोलन (नाम) मा संलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला जानुभएका उपराष्ट्रपति नन्दबहादुर पुनस्वदेश फर्किनुभएको छ ।pun

भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन स्वदेश फर्किनुभएको हो । उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

उहाँको स्वागतमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गा्रिता टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । साथै उहाँ भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्नु भएको रात्रिभोजमा समेत सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया