Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताउनुभएको छ ।

आज शान्ति तथा पूनर्निर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्ने बताउनुभयो । यद्यपि गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने पनि बताउनुभयो ।

सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्त्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुर्याएको स्मरण गर्दै अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा र्पुयाउन ढिलाइ गर्नु नहुने दाहालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया