Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

गुल्मी – वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् ।

गएराति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएर जुनिया–५ का ३५ वर्षीय खेमराज थापा, उनकी श्रीमती ३२ वर्षीय सुनिता थापा, ३ वर्षीया छोरी हिरा थापा र सात वर्षीया वर्षा थापा र दिब्रुङ–६ का ३१ वर्षीय दीपक थापा घाइते भएका छन् ।

उनीहरूको स्थानीय शान्तिपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गएराति परेको अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवा समेत अवरुद्ध बनेको छ ।

तपाईको प्रतिक्रिया