Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षका केही महत्त्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज गोरखाका जौबारीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उहाँले मुलुक र जनताका पक्षका केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताउनुभयो । दाहालले भन्नुभयो,‘राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जनताको आकाङ्क्षा धेरै छन् । आफू र आफ्नो पार्टीका लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास पनि पैदा भएको छ ।’

उहाँले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्त्वपूर्ण भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा गोरखा जौबारीका प्रतिनिधिमण्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाका बारेमा प्रधानमन्त्री दाहालसँग माग गरेको थियो ।

तपाईको प्रतिक्रिया