Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – ‘मास्टर डिग्री वा पिएचडी गर्दैमा कोही पढेको हुँदैन यदि उसलाई सूचना प्रविधिको ज्ञान छैन भने,’ महाविर पुनले भने, ‘अहिलेको जमानामा अक्षर चन्नु मात्रै साक्षर हुनु होइन ।’ MAHABIR-PUN

सूचना प्रविधिबारे ज्ञान नभएर अहिलेको समयमा निरक्षर सरह भयो उनले बताए । पुन शुक्रवार कास्कीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधिको महत्त्व दर्शाउँदै थिए । आजको अन्नपूर्णमा खबर छ ।

जिल्ला शिक्षा कार्यालयले प्रअमार्फत शिक्षक र बिद्यार्र्थी सूचना प्रविधिको महत्त्व बुझाउन पुनलाई निम्त्याइएको थियो । ‘हेडसले चाह्यो भने स्कुलका केटाकेटीलाई सूचना प्रविधिमार्फत धेरै ज्ञान दिन सकिन्छ,’ उनले भने, ‘हेडसरले वास्ता नगेर सकुलमा कम्प्युटर र इन्टरनेट पुर्‍याए पनि प्रभावकारी हुँदैन ।’

तपाईको प्रतिक्रिया