Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सरकारी कामकाजमा कतिसम्म ढिलासुस्ती हुँदैआएको छ, त्यसको गतिलो उदाहारण हो कर्णालीमा चामल ढुवानी हुन नसकनु । 28022016090743rice_400-1000x0

केपी ओली सरकारका पालामा ढुवानी गर्ने भनेर सुरु भएको प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि पनि नटुंगिएको आजको अन्नपूर्णमा खबर छ । यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनको त आँ परेन परेन, नयाँ आपूर्तिमन्त्री दीपक बोहोराले पनि चासो दिएको देखिएको छैन । सरकारी ढिलासुस्ती र बेवासताका कारण कर्णालीबासी खाद्य अभावको कठोर समस्या भोग्दैछन् ।

सूस्ती र लम्बेतान प्रक्रियाका कारण कर्णालीको खुक्खा प्रभावित क्षेत्रमा विशेष राहत कार्यक्रमअन्तर्गत हालसम्म सरकारले चामल ढुवानी गर्न सकेको छैन । कर्णालीका केही क्षेत्रमा भोकमरी सुरु भएको ट महिना भइसकेको छ । त्यस क्षेत्रमा गत चैतदेखि चामल ढुवानी भएको छैन ।

ढुवानी हुन नसक्दा कर्णालीका आठ गाविसका बासिन्दासाग चामल मौज्दात शून्य छ ।

तपाईको प्रतिक्रिया