Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ ।

सरकारका विशैष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रवार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुँगो लगाइएको हो । निधि र स्वराजले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन् ।

दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत भएको आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया