Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

नयाँ दिल्ली – भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको समाचार छ । उहाँ राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना हुनुभएको समाचारमा जनाइएको छ ।
उहाँ पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको समाचारमा जनाइएको छ । भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उहाँ उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् । सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– हामीले उहाँलाई अस्पताल भर्ना गरेका छौँ र उहाँलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ ।
उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् । उहाँ गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । उहाँलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो । उहाँ पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उहाँको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ ।
उहाँको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उहाँलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज हुनुभएको थियो । बिहीबार उहाँलाई भर्ना गरिएको र उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया