Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजनीतिक भेटवार्ता सुरु गर्नुभएको छ । निधिले शुक्रबार भारतका गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभएको छ ।

bhet

भेटवार्तामा आपसी हितका विभिन्न पक्षमा केन्द्रित भएको छ । दुवै देशबाट हुने उच्चस्तरको भ्रमणकाबारे पनि छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, निधिले बेलुकी ६ बजे भारतका राष्ट्रपति प्रणव मुखर्जीविच भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतका राष्ट्रपति मुखर्जीबाट हुने नेपाल भ्रमणको समय निश्चित गर्ने विषयमा उपप्रधानमन्त्री निधिले भारतका उच्च अधिकारीहरुसँग छलफलका लागि बिहीबार बेलुकी भारत जानुभएको थियो ।

तपाईको प्रतिक्रिया