टोकियो – जापानमा २२ औँ विश्व आदिवासी दिवस सम्पन्न भएको छ ।
जापान महासंघका सह–अध्यक्ष कान्छा शेर्पाको अध्यक्षता तथा नेपाल जनजाति महासंघको आयोजनामा टोयोटाको सामुदायिक भवन सेतो हलमा एक कार्यक्रमका बिच उक्त दिवस सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न एकल जातीय संस्थाको प्रतिनिधिहरूले आ–आफ्नो भनाईहरु राखेका थिए ।
कार्यक्रममा शेर्पा समाजले आफनै संस्कार र परम्परा झल्कने नाच र विभिन्न स्थानीय कलाकारहरूले संगितिक प्रस्तुति दिएर मनोरञ्जन गरेका थिए ।