Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको काम कारबाही रोक्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । राजनीतिक सहमतिपछि मात्र गाउँपालिका र नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ । गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनिएका काम गर्न सरकारसँग सहकार्यको निर्णय पनि गरेको छ ।

सरकारले गृह मन्त्रालयमार्फत आन्दोलनका घाइते, मृतकको संख्या संकलन गरिरहेको भए पनि ढिलाइ हुन सक्ने भएकाले सहकार्यको निर्णय भएको गठबन्धनका नेता केशव झाले जानकारी दिनुभयो । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग पुरा हुन बाँकी छ । गठबन्धनको वैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय सदभावनाका अनिल झा वैठकमा अनुपस्थित भएका छन् ।

उनीहरुसँग छलफल गरी वैठक मिति तय भएको थियो । वैठकबाटै नेताहरुले फोन गर्दा आउने भनेर उनीहरु अन्तिमसम्म पनि पुगेनन् ।

तपाईको प्रतिक्रिया