Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नेपाल सरकार र दलहरूको चाहना र तयारीमा निर्भर हुने चिनियाँ थिंक ट्यांक टोली प्रमुखले बताउनुभएको छ ।

चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेईले बुधवार एक कार्यक्रमपछि भन्नुभयो,‘सीको भ्रमणका विषयमा चीनको तर्फबाट कुनै समस्या छैन । यहाँको अवस्था कस्तो हुन्छ ? त्यसपछि तिथि तथा अन्य प्रक्रिया अघि बढ्नेछ ।’ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे राजनीतिक वातावरण तय गर्न चिनियाँ थिंक ट्याकको टोली सोमबार नेपाल आएको हो । c gin fing

नेपालमा सरकार परिवर्तन आन्तरिक मामिला भन्दै दलहरूबीच सहमति भएमा उच्चस्तरीय भ्रमणमा कुनै समस्या नपर्ने झेईले बताएको आजको कान्तिपुर दैनिकमा खबर छ । चीनले नेपालमा राजनीतिक स्थायित्व र विकास हेर्न चाहेको उल्लेख गर्दै उहाँले ‘नेपाल सरकारसित सहकार्य गर्न चीन आतुर’ रहेको बताउनुभयो । ‘चीन नेपालको सच्चा मित्र हो, त्यसैले यहाँको आन्तरिक राजनीतिलाई चीनले नियाल्छ, तर हस्तक्षेप कहिल्यै गर्दैन,’उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरता राख्नुपर्छ।

त्यसका लागि मिलेर अघि बढ्नु भन्ने चाहना चीनको सधैँ हुन्छ र छ ।’ कार्यक्रममा झेईले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यबाट यस क्षेत्रले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको थियो । बङ्गलादेश र भारत भ्रमणपछि काठमाडौँ उत्रेका उनले दक्षिण एसियामा पूर्वाधार विकासको निकै ठुलो माग रहेको उल्लेख गर्दै भन्नुभयो, ‘त्यसतर्फ हामीले काम गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया