Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बाँके – बाँकेमा यस वर्ष आएको बाढीका कारण झण्डै तीन हजार हेक्टर जमिनमा लगाएको अन्नबाली नष्ट बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाढीले होलिया, मटैया, बेतहनी, गंगापुर, फत्तेपुर, सीतापुर, बनकटुवालगायतका गाविसमा सबैभन्दा बढी क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

राप्ती नदी, डुडुवा खोला, मानखोलालगायतका ठूला नदी र अन्य खोलामा  आएको बाढीले खेतबारी डुबान र कटान गर्दा खेतमा लगाइएको अन्नबाली नोक्सान भएको हो ।

बाढीबाट झण्डै दुई हजार किसान प्रत्यक्ष प्रभावित भएको अनुमान कृषि कार्यालयको छ । बाढीले खेतमा लगाएको धान, मकै, रहर, तिललगायतका अन्नबाली, दलहन बाली र तेलहनबालीमा नोक्सान पारेको छ ।

बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको  जानकारी दिदंै जिल्ला कृषि विकास कार्यालयका प्रमुख बस्नेतले २÷३ दिनमै सम्पूर्ण काम सकेर राहतका लागि केन्द्रमा सिफारिस गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया