Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुहरु प्रतिपक्षीको भूमिकामा रहेपनि रचनात्मक र सकारात्मक काम गरे सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ । राजधानीमा आज भएको एक कार्यक्रममा उहाँले देशको हितमा हुने काममा एमालेले पनि सरकारलाई साथ दिने बताउनु भएको हो ।

kp

उहाँले वर्तमान सरकारले मधेश आन्दोलनका मृतक र घाईतेलाई भन्दा पनि पार्टीलाई पैसा बाँडेको आरोप लगाउँदै एमाले सरकारबाट हटिसकेकोले अब प्रमुख प्रतिपक्षको रूपमा रहेर संविधान कार्यान्वयन गर्ने र जनताका अधिकार सुनिश्चित गर्ने सवालमा एमाले अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष ओलीले देशमा संवैधानिक रिक्तता ल्याउने षड्यन्त्र भईरहेको भन्दै सबै दल मिलेर संवैधानिक व्यवस्था अनुसार पुर्ववत सरकारले सार्वजनिक गरेको निर्वाचन तालिका बमोजिम निवार्चन गर्नुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया