Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा नियुक्ती पाएर ६० दिनभित्र सम्पत्ति विवरण नबुझाउने एक हजार तीन जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ ।

akhtiyar

विभिन्न निकायमा गएको आर्थिक वर्ष नियुक्त भएका एक हजार तीन जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएकाले उनीहरुलाई जनही पाँच हजार रुपैयाँ जरिवान गरी सम्पत्ति विवरण पेश गर्न सम्बन्धित निकायमा निर्देशन दिइएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐनअनुसार हरेक सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।  तर गएको आर्थिक वर्षमा एक हजार तीन जना कर्मचारीले आफ्नो सम्पत्ति विवरण नबुझाएकाले उनीहरुलाई कारवाही गर्न आख्तियारले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया